हामी धेरै नेपालीहरु आफ्नो
जन्भुमी नेपाललाई छाडेर पर्देशमा धेरै छौ रहर त कसलाई थियो र आफ्नो जन्मभूमि आफ्नो
जन्मेको हुर्केको नेपाली माटो आमा बुवा भाई बहिनि इस्टमित्र शुभचिन्तक लाइ चटक्कै
माया मारेर यो बिरानो देशमा बिरानो भाषा ,सस्कृतिमा,
एउटा श्रमिक भएर अर्काको देशमा पसिना बगाउन तर पनि हामी बाध्यतामा छौ गरे पनि
सुख छैन नगरे पनि सुख छैन / हामी विदेश
आइसके पछि काम त गर्ने पर्छ किनकि हामी काम नै गर्न भनेर आएका हौ तर पनि सबैलाई
भनेजस्तो कहाँ छ त परदेश यहाँ त काम गरे अनुसार दाम पनि छैन जति हामीले यहाँ पसिना
बगाउछौ त्यो बमोजिम कम नै पैसा पाउछौ /तर जति हामी परदेशीको पीडा दुख समस्यालाई
कसले बुजेदिने भन्न सजिलो छ तर गर्न धेरै गार्हो छ जसले गरेको छ जसले भोगेको छ
उसलाई मात्र थाहा छ हाम्रो रामकाहानी/काम अनुसार सबैको पारिश्रमिक पनि फरक फरक
हुन्छ यो त स्वाभाविक नै हो तर यतिका युवा शक्ति बिदेशिएर हाम्रो देशको हालत चै
दिनदिनै बिग्रनु राम्रो होइन नि ?हुन् त् सबैलाई अबगत नै हाम्रो देशको राजनीति
खुट्टा तान्ने प्रबृदी होइन र ?यस्तो प्रवृति कहिले हटला राजनीतिक निकास कहिले
आउला बन्द, हड्ताल, बलात्कार, चोरी, डकैती कहिले बन्द होला /हामी बिदेशी श्रमिक
बाट हाम्रो देशमा रेमिट्यान्स त भित्रेला तर हाम्रो समस्या भने कहिले पुरा हुदैन
दिनदिनै महंगी बढ्दै छ हामीले कमाएको पैसाले त उही घर खर्च मात्र चलाउनु होइन नि
कि कसो ?मलाई त लाग्छ अब नेपालीको जन्मभुमि नेपाल मात्र हुन्छ बाकी कर्म भुमि चै
परदेशमा नै बित्ला जस्तो छ ?यहाँ हेर्नुहोस दिन दिनै चमत्कार हुदैछन बालुवा घारीमा
सुन फल्दै छ उराठ लाग्दा यो ठाउमा हरियाली बनिसक्यो आखिर यो सब हामी जस्ता हज्जारौ
श्रमिकको पसिनाबाट परिबर्तन भएका हुन् तपाई हाम्रो पनि पसिना मिसिएको छ रगत बगेको
छ ........जब म यो ठाउमा पाइला टेके अनि मेरो जन्म भुमि नेपाल लाइ सम्झेर रोए यो
तातो हावा पानि उराठ लाग्दा मरुभूमि देखेर मेरो मन धेरै आतियो शायद अब म धेरै
बच्दिन होला भनेर सोच्थे तर हेर्दा हेर्दै दिन बित्यो रात् बित्यो यहाको प्रगति
देखेर म छक्क परे किन की हेर्दा हेर्दै यो मरुभुमी सबै तिर बिस्तारै हरियाली हुनथाले
/मनमा आशाका मुनाहरु पलाउन् थाले ....आखिर जोस जागर भएपछी मरुभुमी पनि हरियाली
बन्दो रहेछ/तर हाम्रो देशमा ठिक उल्टो भइरहेको छ हरियाली दिन दिनै उजाड पहाड
बन्दैछन /यहाको जति कुरा गरेपनि नेपालको जस्तो प्राकृतिक सुन्दरता छैन मज्जा छैन
तर यहाको जस्तो प्रगति यदि हामीले पनि गर्न सके यतिका धेरै परदेशमा आएर पसिना
बगाउनु पर्दैन थियो दुख पाइदैन थियो तर खै कसलाई भनेर साध्य छ यो कुरा हरु //हामी
त यहाँ सुन माथि टेकेर फलाम खोज्न यहाँ आएका
छौ किनकी हामीले आफ्नो बारेमा कहिले सोचेनौ मात्र पैसाको पछि दौडिदै छौ
पैसा नै सबै हाम्रो लागि सबथोक भन्दै हामी सबै दाजु भाई पर्देशमा हामफालेर आएका छौ
कति साथीले दुख पनि पाउनु भयो होला सुख पनि पाउनु भयो होला मोज पनि गर्नु भो होला
होइन ?यस्तै छ कथा व्यथा मित्रहरु पैसा को
निम्ति हामी हाम्रो ज्यान बाजी राखेर यो बिरानो ठाउमा छौ आशा छ सबै जना खुसि
हुनुहुन्छ होला तर हामि परदेशमा छौ अब
हामीले जे गरे पनि हुन्छ कसैले देख्दैन जे खाए पनि हुन्छ के को डर भनेर यहाको
कानुन बिपरित केहि काम नगर्नु होला किनकि हामी अर्काको देशमा छौ अरुको हातमा छौ
होसियार रहनुहोला /अनि परदेशमा भएपनि मनमा नेपालको माया आफ्नो भाषा संस्कृति नेपालीपन
कहिले नभुलौ अनि घरमा हुनु भएका बाबा आमा तपाईको प्यारो जिबन साथी छोरा छोरी
सबैलाई फोन मार्फत भए पनि कहिले काही फोन गर्नुहोला /आफ्नो उदेश्य के हो पुरा
गर्नुहोस सबै संग हासिखुसी कुरागर्नुहोस दुख सुख आदान प्रदान गर्नुहोस /सायद तपाइँ
हामी नेपाल फर्कने बेला सम्म शायद हाम्रो देशमा केहि परिबर्तन होला आशा गरौ ..........पर्देशमा
सबै आफ्नो जिन्दगी नबिताउनु होला यहाँ बसुन्जेल हसिखुसी बस्नुहोस ..........गलत
काम कहिले नगर्नुहोस किनकि तपाइको सानो गल्तिको कारण तपाइको परिवार लाइ पिडा पर्न
सक्छ तपाइको परिवार तपाई माथि धेरै आशाबादी हुन्छ तपाई ले नै माया मार्नु भयो भने
के होला हाल ?यदि भन्दै सबै संग बिदा चाहन्छु नमस्कार फ्याफुल्ला, सेवारो, झोर्ले ,सेवामी
,जोजो लोप्पा /
देउकुमार तामाङ बल
फिदिम
नगरपालिका
पाँचथर मेची नेपाल /
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें